कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण

कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण

पथरी, पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण गरिएको छ ।

शाखाको आर्थिक वर्ष २०७९र०८० को शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कम्पोष्ट विन वितरण गरिएको हो ।

वडा नं १ लक्षित सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र वडा नं १ भीम राईले कम्पोष्ट विन वितरण गर्नुभएको थियो ।

नगरपालिकामा भएको सो कार्यक्रममा ५९ वटा कम्पोष्ट विन वितरण गरिएको शाखा प्रमुख टिका राईले बताउनुभयो ।

सम्बन्धित खवर