पथरीमा घण्टीको महोल बढ्दै, धमाधम वडा समिति गठन

पथरीमा घण्टीको महोल बढ्दै, धमाधम वडा समिति गठन

पथरी, पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल बढ्दै गएको छ । वडा तथा नगर कार्यसमितिहरू गठन हुने क्रम बढ्दो छ ।

यसैक्रममा मोरङको पथरी शनिश्चरेमा पनि माहोल तातिएको छ । धमाधम वडा समितिहरू गठन हुनेक्रममा रहेका छन् । जेठ २७ गतेभित्रमा वडा समिति गठन गरी सक्नेगरी नगर सम्पर्क समिति लागेको छ । वडा नं. ९ मा हिजो बुधबार सुवास भट्टराईको संयोजकत्वमा वडा समिति गठन भएको छ ।

समितिको उपसभापति चन्द्रकला न्यौपाने, सचिव बालकृष्ण पोख्रेल, सदस्यहरू रश्मी राउत (खड्का), काजल घिमिरे, सुकमाया दर्जी, पदमा गजमेर, कुवेर भण्डारी, विष्णु तामाङ, जनक पोख्रेल, दिलिप कुमार दाहाल र र्याट प्रमुखमा राजकुमार चेम्जोङ रहेका छन् ।

दशवटै वडा समिति गठन गरिसकेपछि नगर कार्यसमिति गठन हुने नगर सम्पर्क समिति सदस्य ईश्वरी साप्कोटाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर