काठमाडौं, नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद् भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाइएको छ ।
मुख्यतः बजेटको विषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखि सुरु भएको हो ।
आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ । आगामी बजेटका बारेमा छलफल गर्नका बैठक बसिरहेको जनाइएको छ ।