द वेस्ट पर्सनकाे प्रदर्शन

द वेस्ट पर्सनकाे प्रदर्शन

तुलशी फिल्म्स प्रालि एण्ड बिबि पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको जनचेतनामुलक चलचित्र द बेस्ट पर्सन प्रदर्शनमा आएको छ । बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हल फिल्मको दुई विशेष प्रर्दशन गरिएको हो । दुई वटै शोमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । आत्महत्या, लागुऔषध दुर्रव्यसन, दाइजो प्रथा लगायतका विषयले ब्यक्तिलाई पुर्याउने नकारात्मक प्रभाव र यसबाट परिवार र समाजलाई पुर्याउने असरको कथालाई समेटेर चलचित्र निर्माण गरिएको निर्माता तुलशी मिश्रले जानकारी दिए ।

फिल्म हेरिसकेपछि सन्देशमूलक चलचित्र बनेको भन्दै अतिथी र दर्शकहरुले प्रशंसा गरेका छन् । सामाजमा घट्ने यथार्थ घटनाहरुलाई समेटेर चलचित्र निर्माण भएकाले एकपटक हेर्नैपर्ने चलचित्र बनेको झापा ३ ख का प्रदेश सांसद् छबि चुँडालले प्रतिक्रिया दिए । वियल राईले पहिलो पटक निर्देशन गरेको उक्त चलचित्रले सकारात्मक सन्देश समेत दिने भएकाले समाजका हरेक ब्यक्तित्वहरुले हेर्नै पर्ने रहेको छ । पहिलो चलचित्र निर्माणमै सकारात्मक सुझाब र सल्लाह पाएकाले उत्साहित भएको निर्देशक राईले बताएका छन् ।

चलचित्रमा गजेन्द्र खतिवडा, रतन मिता, राजु खरेल, विवेक मिश्र, सञ्जु न्यौपाने, कुमारी चेम्जोङ, पारश तामाङ, सपना विश्वकर्मा, धनराज महतो, गंगा प्रसाई, कुसुम प्याकुरेल लगायतको अभिनय रहेको छ । चलचित्रको छायाङकन र रंगरोगन सन्तोस राना मगरले गरेका हुन् भने प्रकाशमा उज्वल राना मगर र श्रृङगारमा असोक मण्डल रहेका छन् ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन उपाध्यक्ष लक्ष्मी मैनाली, वडा नम्बर १ र ४ का वडा अध्यक्ष, बाह्रदशी गाउपालिकाका अध्यक्ष देविन्द्र चौलागाई, उपाध्यक्ष सान्ता खरेल लगायत बाह्रदशी गाँउपालिकाका जनप्रतिनिधीहरु, राप्रपा हल्दिबारी गाउँ कमिटी अध्यक्ष एकराज रानामगर, नेपाली काँग्रेसका गाउँपालिका सभापति गगा प्रसाईं लगायतले चलचित्रको विशेष प्रदर्शनी हेरेका थिए । चलचित्र विर्तामोड लगायत पूर्वका अन्य शहरमा पनि विशेष प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।

सम्बन्धित खवर