पर्साको ठोरीमा  भारतीय नागरिकको शव बेवारिसे

पर्साको ठोरीमा  भारतीय नागरिकको शव बेवारिसे

पर्सा जिल्लाको ठोरीमा आज बिहान एउटा् व्यक्ति शव मृतक अवस्थामा फेला परेका छन् । आज बिहान ठोरी गाउँपालिका वार्ड न. ३ ढुङ्गे बजार टोल स्थित मकैको खेतमा शव मृत अवस्थामा भेटिएका छन् ।

हाम्रो परोसी देश भारतको बिहार राज्यको पुर्वी चम्पारण मानपुर घर भएका चोकाटी मुखियाको शव आज बिहान मृत अवस्थामा फेला परेका हुन् । हिजो साँझ खेतमा काम गरीरहेको बेला बेसरी हावापानी आएको र सोही बेला घर फर्कने क्रममा उनी मकै खेतीमा घोप्टो परेको अवस्थामा फेला परेका छन् ।

आज बिहान स्थानीयहरुले बारीमा जाने क्रममा उनी लडिरहेको देखेर प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठोरीले शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि बिरगंज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताउनुभयो । मृतक विगत ८ वर्ष देखि ठोरीकै ढुंगे बजारटोलमा बसेर खेती किसानी गर्दै आएका थिए ।

सम्बन्धित खवर