पथरी नगर अस्पतालमा आँखा उपचारको तयारी

पथरी नगर अस्पतालमा आँखा उपचारको तयारी

पथरी, विराटनगर आँखा अस्पतालको अध्यक्ष पद्मनायारण चौधरीको संयोजकत्वमा आएको टोलीले पथरी नगर अस्पतालको अवलोकन गर्नुभएको छ ।

पथरीशनिश्चरे वडा नं. २ स्थापित नगर अस्पतालको अवलोकन गर्न लाहान आई केयर सिस्टम सेन्टरका प्रमुख प्रशासकीय अधिकृत सुधिर ठाकुर, मोहम्मद रफिक संयोजक लगायतले स्थलगत अवलोकन गर्नुभएको हो ।

नगरमा अस्पतालमा आँखा सम्वन्धी उपचारका लागि आँखा सेन्टर खोल्ने उद्देश्यले भ्रमण गर्नुभएको हो । सो अवलोकनमा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्वापो, जग्गादाता एवं समाजसेवी बाबुराम राई, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

नगरले उपलब्ध गराएको स्थानमा सो टोलीले प्राविधिक पठाएर डिजाइन गरे पश्चात् नगरमा आई केयर सेन्टर सुचारु हुनेछ । यस कार्यको सहजीकरण पथरी काठमाडौं सम्पर्क मञ्चका खेम रेग्मीले पनि संयोजनको भूमिका निर्वाह गरिरहनुभएको छ ।

सम्बन्धित खवर