ओखलढुंगामा मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास

ओखलढुंगामा मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास

ओखलढुंगाका विभिन्न कार्यक्रममा सहभागी भएर विराटनगर फर्किने क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि पहिचानवादी समूहले आक्रमणको प्रयास गरेका छन् । कार्कीमाथि सोमबार सद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा आक्रमणको प्रयास भएको हो ।

प्रदेशको नामकरण भएसँगै पहिचानवादीहरुले केहीदिन यता कोशी नामकरणको चर्को विरोध गरिरहेका छन् । यसैक्रममा गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले मुख्यमन्त्री सवार रहेको गाडी रोकेर कालो झन्डा देखाउँदै आक्रमणको प्रयास भएको बताइएको छ ।

उनीहरुले आक्रमणको प्रयास गरेपनि प्रहरीले उनीहरुको प्रयास विफल पारेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आन्दोलनकारीहरुले मुख्यमन्त्रीको गाडीमा राखिएको राष्ट्रिय झन्डासमेत निकालेका थिए ।

सम्बन्धित खवर