ड्रागन उत्पादकहरू एकीकृत भए

ड्रागन उत्पादकहरू एकीकृत भए

पथरी, पछिल्लो समय ड्रागन फल बजारमा निकै चलेको छ । यसको उत्पादनका लागि लगानी गर्नेहरू पनि दिनानुदिन बढिरहेका छन् । यसै सन्दर्भमा प्रदेश १ का ड्रागन फल उत्पादकहरू एकीकृत भएका छन् ।

आइतबार इटहरीमा प्रदेश १ स्तरीय १४ जिल्लाका ५० भन्दा बढि कृषक प्रतिनिधिको भेला सम्पन्न भयो । “ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” का केन्द्रीय कोषाध्यक्ष गणेश तुर्छा राईको अध्यक्षतामा सम्पन्न भेलाले प्रदेश १ का लागि जय बहादुर तामाङको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि “ड्रागनफ्रुट प्रोड्युसर्स एसोसिएसन नेपाल” का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट कृषकहरू एकजुट हुनुपर्ने बताउनु भयो । शाक्यले ड्रागनफ्रुट खेतिमा धेरै सम्भावना भए पनि चुनौति थपिदै गएका कारण अब सबै कृषकहरू एक भएर अघि बढ्न आग्रह गर्न भयो ।

नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञहरु नभएको र सरकारसंग ड्रागनफ्रुट खेतिका लागि माटो परीक्षण विधी नरहेका कारण कृषकहरू समस्यामा रहेको केन्द्रिय सदस्य बासु ढकालले बताउनु भयो । नेपालमा विमाका लागि ३२ पेजको पोलेसी भए पनि ड्रागनफ्रुटमा विमा नीति नभएका कारण सुरक्षाको प्रत्याभुती नरहेको ढकालको भनाई छ ।

कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतिको चुनौती र खेती गर्ने बिधीबारे सहजिकरण गर्नु भएको थियो भने बाबुराम निरौलाले माटो सुधारका विधीबारे जानकारी गराउनु भएको थियो । पछिल्लो समय यसकोे बजारिकरणमा समस्या आएका कारण फलको विकल्प जुस जाम र वाईन जस्ता प्रोडक उत्पादनमा लाग्नु पर्ने मोरङ पथरी शनिश्चरेका कृषक प्रेम लिम्बु बताउनु हुन्छ ।

जमिन र विरुवामा जति धेरै बिषाधी प्रयोग ग¥यो उति धेरै रोग लाग्ने, पुर्वमा पहिलो पटक ड्रागनफ्रुट खेति सुरु गरेका सुनसरीका कृपासुर घले बताउनु भयो । हाल ड्रागनफ्रुटमा ४ प्रकारका फङगलहरू (रोग) देखा पर्न थालेको र माटो, विरुवाको सुरक्षाका लागि गाईको पिसाव, गोवर र कुखुराको सुली प्रयोग गरे रोगले नभेट्ने उहाको भनाई छ । ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परीक्षण विधी नभएको र रोग लागेमा औषधी नपाएको कारण समस्यामा परेको झापा गौरिगञ्जका उपेन्द्र थापाको भनाई छ ।

ड्रागनफ्रुट स्वादिलो र पोषिलो फल भएको कारण कृषकको आकर्षण बढ्दै गएको छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट ल्याएर ड्रागनफ्रुट खेतिको सुरुवात भएको देखिन्छ । बजारमा ड्रागनफ्रुट फल प्रति केजि ६ सय ५० देखी ८ सय ५० सम्म पर्ने गरेको छ ।

सम्बन्धित खवर