राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेकोमा दलित महिला नपरेपछि विरोध भएको छ ।
स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ । जसमा सन्तोष परियार र शिव नेपाली रहेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताए ।
दलितबाट दुवै जना पुरुष पठाएपछि महिलातर्फ उम्मेदवार रहेकी कल्पना रोक्काले विरोध जनाएकी हुन् । उनले यसका विरुद्ध पार्टी र निर्वाचन आयोगमा उजुरी दिने बताएकी छन् ।
यस्तो छ सूची
दलित : सन्तोष परियार र शिव नेपाली
आदिवासी जनजाती : डा. ढाका कुमार श्रेष्ठ, इन्दिरा राना मगर र समना श्रेष्ठ
खसआर्य : डा. चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र विनिता कठायत
मधेशी : लक्ष्मी तिवारी र मनिष झा
थारु : अशोक कुमार चौधरी
मुस्लिम : असिम शाह