‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले  उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने  लगभग निश्चित भएको हो ।

सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो । थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: