वडाध्यक्षका उमेद्वार सहित एमाले र माओवादीबाट १ सय वढि कांग्रेस प्रवेश

वडाध्यक्षका उमेद्वार सहित एमाले र माओवादीबाट १ सय वढि कांग्रेस प्रवेश

पथरी, गत स्थानीय तहमा वडाध्यक्षका उमेद्वार सहित १ सय जना भन्दा वढिले एमाले र माओवादी पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

मोरङ क्षेत्र नं. २ को चुनावी घरदैलो अभियानका क्रममा गत स्थानीय तहमा पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष उमेद्वार कमल कटुवाल, नेकपा एमाले वडा सहसचिव टंक बहादुर खड्का सहितको नेतृत्वमा माओवादी र एमाले छाडेर १ सय जना भन्दा वढिको जम्बो टोली कांग्रेस प्रवेश गरेको हो ।

पार्टी परित्याग गरी आउनेहरुलाई उमेद्वार सुजाता कोइराला, प्रदेश सभाका उमेद्वार विनोद कार्की, प्रतिनिधि सभाका लागि समानुपातिक सांसद उमेद्वार गोपालमान सिंह राजभण्डारी, केन्द्रिय सदस्य डा. डिला संग्रौला, कांग्रेस जिल्ला सचिव मोदराज घिमिरे, महादिवेशन प्रतिनिधि मोदराज घिमिरे लगायतका नेताहरुले स्वागत गरे ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: