मोरङ ३ गठबन्धन ः संघमा शर्मा, प्रदेशमा थापा र श्रेष्ठ

मोरङ ३ गठबन्धन ः संघमा शर्मा, प्रदेशमा थापा र श्रेष्ठ

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उमेद्वार टुङ्गो लाग्नेक्रममा छ । यसैबिच मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि गठबन्धनका तर्फबाट कांग्रेसले डा. सुनिल शर्माको नाम सिफारिस गरेको छ ।

शर्मा अघिल्लो निर्वाचनमा पनि एमालेका भानुभक्त ढकालसंग पराजित भएका थिए । यसपटक पनि ढकाल र शर्माको भेट भएको छ । नोबेल अस्पतालका सञ्चालक शर्माले यसपटक जित्नेमा ढुक्क छन् । ढकाल ३ वटा मन्त्रालय समाल्दा समेत क्षेत्रमा उपलब्धीमूलक काम नभएको मतदाताको गुनासो छ । स्वास्थ्य मन्त्री हुदा चरम भ्रस्टाचार गरेको आरोप संसदीय छानविन समितिले समेत पुस्टि गरेको थियो ।

यस क्षेत्रमा राप्रपाका तर्फबाट रेखा थापाको समेत चर्चा उतिकै छ । थापाले १ महिना अघिबाट नै निर्वाचन क्षेत्रका जनतालाई घरघरमा पुगेर भोट मागिसेकी छन् । थापाको आगमनले यस क्षेत्रमा निर्वाचनको मत परिणाम कता जान्छ भन्ने आशंका ठुला पार्टिहरूमा परेको छ ।

यता प्रदेशमा गठबन्धनका तर्फबाट (क) मा कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा र (ख) मा एकिकृत समाजवादीबाट लक्ष्मी श्रेष्ठको उमेद्वारी टुङ्गो लागेको छ । एमालेका तर्फबाट (क) मा दिलिप कुमार राई र (ख) मा ज्ञानेन्द्र सुवेदी रहेका छन् ।

सम्बन्धित खवर