लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

बिराटनगर, झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१ ह. २९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका ५ सिराहा घर भइ हाल बिर्तामोड ३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो ।

यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका १६, हुलास चौक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङ बेलबारी नगरपालिका ११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल, फेनारगन १५ ऐम्पुल, डाईजोपाम १५ ऐम्पुल, ऐभिल १५ ऐम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर