झुट्टो आरोप लगाए भन्ने सुन्दह साकोसका अध्यक्ष भण्डारी रकम फिर्ता गर्न सहमत

झुट्टो आरोप लगाए भन्ने सुन्दह साकोसका अध्यक्ष भण्डारी रकम फिर्ता गर्न सहमत

पथरी, मोरङको पथरीशनिश्चरे ५ मा रहेको सुन्दह बचत तथा ऋण सहकारीका अध्यक्ष लाल बहादुर (एल.बि) भण्डारी सहित सञ्चालकहरूले रकम फिर्ता गर्न सहमत भएका छन् ।

पटक पटक छलफल गर्न खोज्दा समय नदिएर पन्छिदै हिड्ने र सहकारीमा ताला लगाएर बेवास्ता गरेपछि बचतकर्ताहरू समस्यामा परेका थिए । फोन सम्पर्कमा समेत हुन्छ हुन्छ भन्ने तर ८ महिनासम्म पनि रकम फिर्ता नपाएपछि १ करोड ५० लाख हिनामिना गरेको आरोप सहित पिडितहरूले साउन १४ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी गरेका थिए । उजुरी पछि सम्पर्कमा आएका अध्यक्ष भण्डारी, व्यवस्थापक विश्व चौधरी र कर्मचारी राजेन्द्र तामाङले रकम फिर्ता गर्ने सहमति जनाएका छन् ।

सोमबार इप्रका पथरीमा भएको लिखित सहमतिमा भण्डारी सहितले २०७९ भाद्र मसान्त भित्रमा सबै रकम फिर्ता गरिसक्ने सहमति गरेको पिडित मध्येका जनक खड्काले जानकारी दिए । सहकारीको रकम हिनमिना गरेको आरोप लागेपछि प्रदेश दैनिकमा समाचार आएको थियो । सो समाचार गलत छापेको भन्दै प्रेस काउन्सिल जाने धम्की दिएका भण्डारीले आज रकम हिनमिना भएको स्वीकार्दै सबै रकम तिर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित खवर