पथरीमा साकोस गोष्ठी हुने, गोष्ठीमा अरु के के हुदैछ ?

पथरीमा साकोस गोष्ठी हुने, गोष्ठीमा अरु के के हुदैछ ?

भीमराज अधिकारी, पथरी

मोरङको पथरीमा साकोस गोष्ठी हुने भएको छ । यहि असार १८ र १९ गते हुने गोष्ठी पथरीमा रहेको सिनभिलेज पार्टी प्यालेसमा हुने अयोजक संस्था जिल्ला बचत तथा ऋण सहकारी संघले जानकारी दिएको हो ।

बुधबार पत्रकार भेटघाटको आयोजना गर्दै संघका सचिव एकराज निरौलाले मोरङ जिल्लामा रहेका आफ्ना सदस्य साकोसका प्रतिनिधिहरूलाई सहभागी गराइ गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । बचत तथा ऋण सहकारीहरूको जिल्ला स्तरीय संगठनका रुपमा रहेको संघमा हालसम्म २७१ वटा सहकारीहरू आवद्ध रहेका छन् ।

दोस्रो चरणमा आयोजना गर्न लागिएको यस गोष्ठीमा सहभागी हुनका लागि आजसम्म १६० भन्दा बढि सहकारीहरूले नामावली दर्ता गराइसकेको निरौलाले जानकारी दिनुभयो । गोष्ठीमा ५ वटा कार्यपत्र प्रस्तुत गर्ने, ती कार्यपत्रमा टीप्पणी गर्ने र अन्त्यमा एउटा अवधारणा पत्र तयार गर्ने तयारी रहेको छ । सोही कार्यक्रममा मोरङ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, १७ वटै पालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको निरौलाले जानकारी दिनुभयो । अन्तराष्ट्रिय सहकारी दिवश जुलाइको पहिलो शनिवार (असार १८) गते कार्यक्रमको उद्घाटन नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले गर्ने तयारी रहेको निरौलाले जानकारी दिनुभयो ।

के के छन् कार्यपत्रको विषय ?

सम्बन्धित खवर