सहकारीका लागि कोपोमिस तालिम

सहकारीका लागि कोपोमिस तालिम

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि सञ्चालित कोपोमिस सम्बन्धी २ दिने तालिम शनिवार सम्पन्न भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेबाट उद्घाटित तालिमलाई जिल्ला वचत संघका कार्यक्रम संयोजक रामकुमार दहालले सहजिकरण गर्दै सहकारी सिद्धान्त तथा कोपोमिस सफ्टवेयरमा सहकारी विवरण प्रविष्ट गराउनु पर्ने विषयमा जानकारी गराउनु भयो । कोपोमिसमा समष्टिगत विवरण नभरेमा कर चुक्ता नहुने सहकारी विभागले जानकारी गराईसकेकाले सहकारीहरुलाई समयमै विवरण भर्न सूचित गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले वताउनु भयो ।

सम्बन्धित खवर