पथरी शनिश्चरेका जनप्रतिनिधिले कहिलेबाट पदभार ग्रहण गर्ने ?

पथरी शनिश्चरेका जनप्रतिनिधिले कहिलेबाट पदभार ग्रहण गर्ने ?

पथरी, स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरणका कार्यहरू भइरहेका छन् । अझै केही स्थानहरूको मत गणना कार्य जारी रहेको छ ।

मोरङको पथरी शनिश्चरेका निर्वाचित जनप्रतिनिधिहरूलाई आज निर्वाचन कार्यालयले प्रमाण पत्र वितरण गरेको छ । जिल्ला न्यायधिसबाट भोली नगर प्रमुखले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नगर प्रमुखले सपथ ग्रहण गरेपछि पर्सी नगर प्रमुखले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराई कार्यकाल आरम्भ गर्ने कार्यक्रम तय भएको छ । सपथ ग्रहण पछि सबै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी सुरु गर्नेछन् ।

सम्बन्धित खवर