सुनवर्षीको वडा नं. १ र २ मा कांग्रेसको प्यानल नै विजयी

सुनवर्षीको वडा नं. १ र २ मा कांग्रेसको प्यानल नै विजयी

सुनवर्षी, मोरङको सुनवर्षी नगरपालिका वडा नं. १ र २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडा नं. १ मा यसअघि नेकपा एमालेले जितेको वडा हो । यसपटक नेपाली कांग्रेसका वीर बहादुर राई १२११ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हेम राईले १०३७, राप्रपाका चन्द्र कुमार बस्नेत ७८, जनता समाजवादी पार्टी, नेपालका देव हेमरम सतार ३४, माओवादी केन्द्रका भुपेन्द्र बहादुर भुजेल २६, मंगोल नेशनल अर्गनाइजेसनका रत्‍न बहादुर श्रेष्‍ठ १० र नेपाल लोकतान्त्रिक पार्टीका कामिया यादवले १ मत पाए ।

सदस्यहरूमा कांग्रेसका नुर हुसेन मिया १०८८, घनश्याम गनगाइँ १०८५, महिला सदस्य तारा देवी सापकोटा १११६ र दलित महिला सदस्य अस्मिता दर्जीले ११३४ मत सहित विजयी भए ।

यता वडा नं. २ मा नेपाली कांग्रेसका विनोद कुमार राजवंशीले १०९६ मत सहित विजयी भए । राजवंशीका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द बहादुर श्रेष्‍ठले ६१७, मंगोल नेशनल अर्गनाइजेसनका रुप नारायण राजवंशीले ३५, जनता समाजवादी पार्टी, नेपालका कुमार लाल ठाकुरले ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवी प्रसाद भारतीले २९ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रामेश्वर अमात्यले ७ मत प्राप्त गरे ।

वडा सदस्यहरूमा नेपाली कांग्रेसका गोपाल बस्नेतले ९६३, लक्ष्‍मी प्रसाद गनगाईले ९२८, महिला सदस्य सविता बुढाथोकीले १००१ र दलित महिला सदस्यमा मन्जु ऋषिदेवले १००३ मत सहित विजयी भए ।

सम्बन्धित खवर