केराबारी गाउँपालिकामा एमालेले खाता खोल्यो

केराबारी गाउँपालिकामा एमालेले खाता खोल्यो

केराबारी, मोरङको केराबारी गाउँपालिकामा नेकपा एमलेले खाता खोलेको छ । केराबारी वडा नं. १ मा नेकपा एमालेका तर्फबाट शरण मगरले जित निकालेका हुन् ।

जम्मा १३५१ मत गणना गर्दा एमालेका उम्मेद्वार शरण थापा मगरले ६६२ र नेपाली कांग्रेसका चन्द्रसिंह लिम्बुले ६४८ मत प्राप्त गरे । जम्मा १४ मतको अन्तरले पछि पार्दै मगर निर्वाचित भएका हुन् । यस वडामा सदस्यमा एमालेका तार्फबाट बुद्धवीर लिम्बु र टेक बहादुर मगर, दलित महिला सदस्यमा तारा विश्वकर्मा विजयी भएका छन् । महिला सदस्यमा कांग्रसका तर्फबाट कमला राई निर्विरोध निर्वाचित भएकी हुन् ।

गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगरले ६७२, कांग्रेसका रोहित बहादुर कार्कीले ६२६ र माओवादीका तिलक कुमार थापाले २० मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर