स्वतन्त्र उमेद्वारको चुनावी सम्पर्क कार्यालय स्थापना, घरदैलो कार्यक्रम सुरु

स्वतन्त्र उमेद्वारको चुनावी सम्पर्क कार्यालय स्थापना, घरदैलो कार्यक्रम सुरु

हसन्दह, स्वतन्त्र उमेद्वारको चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टिले गलत निर्णय गरेको भन्दै मोरङ पथरीशनिश्चरे ५ का कांग्रेस नेताहरू स्वतन्त्र रुपमा उमेद्वारी घोषणा गरेर चुनावमा होमिएका छन् । स्वतन्त्र प्यानलमा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ता मिलेर साझा प्यानल तयार गरेका छन् ।

अध्यक्ष र ४ जना सदस्य सहितको प्यानल नै घोषणा गरी संयुक्त रुपमा घरदैलो कार्यक्रम समेत सुरु गरिएको अध्यक्ष पदका उमेद्वार महेश थापाले जानकारी दिनुभयो । हसन्दह बजारमा सम्पर्क कार्यालय खडा गरेका साझा प्यानलले यसपटक अध्यक्ष देखि सदस्यसम्म सबैले जित्ने दावी गरेको छ ।

माओवादी केन्द्र तर्फलाई २ सदस्य र नेपाली कांग्रेस तर्फबाट अध्यक्ष सहित २ सदस्यको बाँडफाँड गरेर स्वतन्त्र साझा प्यानल प्रचार प्रसारमा होमिएको छ । अध्यक्ष प्रत्यासी थापा कांग्रेस मोरङ क्षेत्र नं. २ (क) का उपसभापति हुन् । थापाको पक्षमा हसन्दहका सबै कांग्रेस नेताको साथ रहेको बुझिएको छ ।

कांग्रेसबाट उमेद्वार बनेका चेतन खड्का तुलनात्मक रुपमा कमजोर देखिएका छन् । पार्टीको वडा सभापति समेत रहेका खड्कासंग कोहीपनि नेताको साथ नरहेको बुझिएको छ । क्षेत्रीय प्रतिनिधिमा समेत हार व्यहोरेका एकाध कार्यकर्ता लिएर खड्का मैदान उत्रने तयारीमा रहेका छन् ।

यता नेकपा एमालेका तर्फबाट उमनाथ अधिकारी अध्यक्ष प्रत्यासी छन् । तुलनात्मक रुपमा अधिकारी ५ नं. वडामा एमालेको हालसम्मकै बलियो उमेद्वार मानिएको छ तर कांग्रेसको गण नै मानिएको साविक हसन्दह क्षेत्रमा अन्य उमेद्वारलाई जित्न मुस्किल पर्ने गरेको छ ।

सम्बन्धित खवर