पथरीशनिश्चरे वडा नं १० मा काङग्रेसको चुनावी प्रचारप्रशार तिव्र

पथरीशनिश्चरे वडा नं १० मा काङग्रेसको चुनावी प्रचारप्रशार तिव्र

पथरी / आसन्न स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा दलहरुले चुनावि प्रचारप्रशार तिव्र गतिमा अगि बढाएका छन् । नेकपा एमालेको गढ मानिएको पथरीशनिश्चरे वडा नं १० मा नेपाली काङग्रेसले यसपटक प्यानलै जिताउने लक्ष लिएको छ ।

नगर र वडामा काङग्रेसको प्यानल जिताउन वडा समिति र उम्मेद्धारहरुले तिव्र गतिमा प्रचारप्रशारको शुरुवात गरेका छन् । काङग्रेसले यसपटक वडाध्यक्षको उम्मेद्धारका रुपमा भुवन थापालाई अगाडी बढाएको छ । त्यस्तै खुल्ला सदस्यमा विरबहादुर बस्नेत, कविराज चेम्जोङ्ग, महिला सदस्यमा इन्द्रकुमारी लिम्बु र दलित महिला सदस्यमा शान्ति विश्वकर्मालाई उठाएको छ । उम्मेद्धारहरु घरदैलोमा ब्यस्त हुन थालेका छन् । काङग्रेस वडा कार्यसमिति र उम्मेद्धारहरुले युवा, महिला, वृद्ध, दलित सबैलाई अगि राखेर घरदैलो अभियान सुरुवात गरेको छ । अगिल्लो पटक वडाध्यक्ष मात्र जिताउन सकेको काङग्रेसले यसपटक प्यानलनै जिताउने दावि वडा कार्यसमितिले गरेको छ ।

बर्षौँ अघिदेखि नै सामाजिक कार्यमा योगदान दिएका उम्मेद्धारहरु चयन गरेका कारण पनि चुनाव जित्न सहज रहेको वडासभापति प्रकाश अधिकारी बताउँछन । उम्मेद्धारहरुले विगतमा गरेका समाजिक कार्यहरु वडाबासिलाई बुझाउने तयारी काङग्रेसले गरेको छ । प्रचारप्रसारका लागि समितिले विभिन्न भातृसंघहरु गठन गरि तिनलाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित खवर