केचनामा अन्तर पालिका फुटबल सुरु, उद्घाटन खेलमा द रियल ब्रदर्श विजयी

केचनामा अन्तर पालिका फुटबल सुरु, उद्घाटन खेलमा द रियल ब्रदर्श विजयी

मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता सुुरु भएको छ ।

शनिबार केचनाको मंगल सिंह माविको प्राङ्गणमा क्षेत्र नं. २ का प्रदेश सांसद लिलाबल्भ अधिकारीले खेलको उद्घाटन गर्नुभयो ।

उद्घाटन खेलमा सुन्दरहरैचालाई शून्यको विरुद्ध १ गोल गर्दै द रियल ब्रदर्शले जित निकालेको हो । खेलको १७ औं मिनेटमा द रियल ब्रदर्शका लागि जर्सी नं. ९ का आकाश राईले गरेको १ गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान आफ दि म्याच द गोलकर्ता आकाश राई घोषित भए । राईले नगद २ हजार ५ सय, ट्रफी र मेडल प्राप्त गरे ।

केचना फुटबल क्लबद्धारा आयोजित प्रतियोगिता चैत ३० गते सम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले १ लाख ५१ हजार, उपविजेताले १ लाख १० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितको प्रत्येक दिन म्यान अफ दि म्याचको पुरस्कार स्वरुप २ हजार ५ सय, ट्रफी र मेडल प्रदान गरिने आयोजक संस्थाका हेमेश्वर राईले बताए ।

खेलको अन्तिम दिन विद्यागत पुरस्कार तर्फ खेल अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई ७ हजार, हाई स्कोलरलाई ७ हजार सहित ट्रफी, मेडल प्रदान गरिने र उत्कृष्ट चोकलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलमा सुन्दरहरैँचा नगरपालिका, द रियल ब्रदर्श, आयोजक केचना फुटबल क्लब, कानेपोखरी फुटबल क्बल, उर्लाबारी फुटबल क्लब, डाँगिहाट फुटबल क्लब, केराबारी फुटबल क्लब, हिमाल युनाइटेड, टेन नवोदय, ईष्ट स्टार मधुमल्ला, आयोजक केचना फुटबल क्बल र गोर्खाली युनाइटेड रतुवामाई गरी जम्मा १२ वटा टिमले सहभागीता जनाएका छन् ।

आइतबारको खेल केराबारी फुटबल क्लब र हिमाल युनाइटेड विच हुनेछ।

सम्बन्धित खवर