कामना सेवा विकास बैंकका २ शाखारहित बैंकिङ सेवा एकैसाथ संचालन

कामना सेवा विकास बैंकका २ शाखारहित बैंकिङ सेवा एकैसाथ संचालन

 पथरी / ३ वर्षदेखी पथरीशनिश्चरेमा आफ्नो शाखा खोली छिटो, सहज र सर्वसुलभ तरिकाले बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको कामना सेवा विकास बंकका २ वटा शाखारहित बैकिङ सेवा सञ्चालनमा आएका छन् । बैंकले आज एक औपचारी कार्यक्रम गरी मोरङको पथरीशनिश्चरे–९ स्थित शनिश्चरेमा र लेटाङ–९ स्थित मदन चौक, जाँतेमा समेत गरि २ ठाँउमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

आमसर्वसाधारणको घरदैलोमा अत्याधुनिक बैंकिङ सेवा सुविधा सहज, सरल र भरपर्दो तरिकाले प्रदान गरि बैंकङ पहुँच पु¥याउने उद्घेश्यका साथ संचालनमा ल्याइएको पथरीशनिश्चरे–९ स्थित शनिश्चरेमा आर.के मोबाइल सर्भिस सेन्टर(प्रो. राजन कडेल)को समुद्घाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै पथरी बजारमा रहेको बैंकले शनिश्चरेमा शाखारहित सेवा संचालनमा ल्याई जनतालाई बैंकिङ पहुच बढाउने कामना सेवा विकास बैंकको कार्यको प्रशंशा गर्दै नगरवासीलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन दिनुभयो । साथै अधिकांश बैंकहरुले सेवा दिने क्रममा प्रक्रिया झन्झटिलो रहेको गुनासो जनताबाट आएकोले जनता हरुलाई सहज सरल तरिकाले सेवासुविधा दिनको लागी सुचित गराउनुभयो ।

त्यस्तै लेटाङ नगरपालिका वार्ड नं. ९ जाँते मदन चौकस्थित अ.वि. मेडिकल हल(प्रो. सुरज विश्वकर्मा)मा रहेको शाखा रहित बैंकिङ सेवाको समुद्घाटन लेटाङ नगरपालिका वार्ड नं. ९ का वडाअध्यक्ष कृष्ण लुइटेलले गनुृभएको थियो । कार्यक्रममा बोल्दै लुईटेलले जाँतेमा १ मात्र बैंक रहेको र त्यो समेत टाढा भएर गाह्रो भैरहेको अवस्थामा कामना सेवा विकास बैंकले शाखा रहित बैंकिङ सेवा प्रदान गरेकोमा अत्यन्तै खुसी तथा गौरव महसुस भएको जानकारी गरायउदै शाखासहितको सेवा संचालनमा ल्याइदिए अझ सुनमा सुगन्ध हुने बताउँदै शाखासहितको सुविधा समेत ल्गाईदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा कामना सेवा विकास बैंकका प्रदेश प्रमुख खिमलाल भुषाल, क्लष्टर हेड विजयराज बानिया, पथरी शाखा प्रमुख रामचन्द्र भट्टराई लगायत अन्य कर्मचारीहरु, अन्य जनप्रतिनिधिहरु, समाजसेवी, व्यापारी लगायत स्थानियको उल्लेखनीय भुमिका रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको इजाजत प्राप्त कामना सेवा विकास बैंकले देशभरी १३० भन्दा बढी शाखा, १ एक्स्टेन्सन काउन्टर, ६ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटिएम मार्फत अत्याधुनिक प्रविधिबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर