बुद्ध माविमा कानूनी परामर्श तालिम

बुद्ध माविमा कानूनी परामर्श तालिम

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा आज वडा नम्बर ८ स्थित बुद्ध माध्यामिक विद्यालयका विद्यार्थीका लागि साईबर अपराध सम्बन्धी कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले विद्यार्थीहरुका लागि साइबर कानून सम्बन्धी जानकारी हुनु आवश्यक रहेकाले यसखाले कार्यक्रम तय भएको जनाउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देल, युवा समाजसेवी नवीनजंग कार्की सहितले विद्यार्थीलाई साइवर अपराधबाट सुरक्षित बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रदेश भिजन प्रालिको आयोजनामा सम्पन्न तालिमको कानून व्यवसायी ईन्द्रकुमार लुईटेलले सहजिकरण गर्नुभएको थियो । नगरको न्यायिक समितिको आर्थिक सहयोगमा सञ्चालित परामर्श कार्यक्रम साविकको शनिश्चरे, हसन्दह र पथरी गाविसलाई केन्द्र मानेर आयोजना गरिएको प्रालिका कार्यक्रम संयोजक ईश्वर दुलालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर