तराइका जिल्लाहरुमा आज होली पर्व मनाईंदै

तराइका जिल्लाहरुमा आज होली पर्व मनाईंदै

तराई मधेसका जिल्लाहरुमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो ।

सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।

होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ । पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा आज तराईमा होलीको नामबाट मनाइँदै छ ।

असत्यलाई सत्यको जित भएको दिनको रुपमा होली पर्व मनाइन्छ । सबैजसो नेपालीहरुले परिवार, साथिभाई, आफन्तजनसंग रमाइलो गर्दै होली पर्व मनाउने चलन छ । यसवर्ष पनि होलीमा अवाच्छित गतिविधि नगर्न, जबरजस्ती रंग नदल्न, लोला नहान्न प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित खवर