अमरदह ढल्के जोवन गोल्डकप ः पोखरा भेट्रान्सलाई ४–० अन्तरले पछि पार्दै आर्मी फाइनलमा

अमरदह ढल्के जोवन गोल्डकप ः पोखरा भेट्रान्सलाई ४–० अन्तरले पछि पार्दै आर्मी फाइनलमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

आईतबार भएको सेमिफाइनल खेलमा पोखरा भेट्रान्सलाई ४–० गोल अन्तरले विजयी गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो । आर्मीका टेक बहादुर बुढाथोकीले पहिलो हाफको ६ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको १५ औँ मिनेटमा विमल पाण्डेले गोल थप्दै टिमलाई २–० को अन्तरमा पुर्याएका थिए । दोस्रो हाफको २३ औं मिनेटमा पुनः आर्मीका टंक बस्नेतले थप एक गोल गर्न सफल भए । दोस्रो हाफको ३० औँ मिनेटमा पूनः टेक बहादुर बुढाथोकीले अर्को गोल थपेपछि आर्मीले फराकिलो अन्तरले जित निकाल्न सफल भएको हो ।

खेल अवधिभर अधिकांश समय त्रिभुवन आर्मी क्लबलाई दवावमा राखेको पोखराले थुप्रै प्रयासलाई खेर फाल्यो । पटक पटक गरिएका प्रहारले जाली चुम्न नसक्दा पोखराको फाइनल यात्रा अधुरै रहयो ।

आजको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका डिफेन्डर युद्ध शाही घोषित भए । उनले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गरे । २४ गते हुने फाइनल खेल मानेभञ्ज्याङ भेट्रान दार्जिलिङ र त्रिभुवन आर्मी क्लब विच प्रतिस्पर्धा हुने छ ।

भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार तथा उपविजेताले २ लाख ५१ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर