पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको खेल तालिका आयो

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको खेल तालिका आयो

पथरी, मोरङको पथरीशनिश्चरेमा फागुन १९ देखि हुने इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ को खेल तालिका सार्वजानिक भएको छ ।

सार्वजानिक खेल तालिकामा ग्रुप ‘ए’ अन्तर्गत फागुन १९ गतेको उद्घाटन खेल वाई.जी.एफ.टी. र शिखर एफ.सी. बीचको खेल हुनेछ । यस्तै फागुन २० गते १० नवोदय एफ.सी. र वाई.एफ.सी. बीच खेल हुनेछ ।

यसैगरी क्रमशः ग्रुप ‘बी’ अन्तर्गत फागुन २१ गते देविगञ्ज र सिरिजंघा एफ.सी., फागुन २२ गते न्यू स्टार एफ.सी. र द रियल ब्रदर्श, ग्रुप ‘ए अन्तर्गत फागुन २३ गते वाई.जी.एफ.टी. र १० नवोदय, फागुन २४ गते शिखर र वाई.एफ.सी., ग्रुप बी अन्तर्गत फागुन २५ गते देविगञ्ज र न्यू स्टार, फागुन २६ गते सिरिजंघा र द रियल ब्रदर्श, ग्रुप ए अन्तर्गत फागुन २७ गते १० नवोदय र शिखर, फागुन २८ गते वाई.जी.एफ.टी. र वाई.एफ.सी., ग्रुप बी अन्तर्गत फागुन २९ गते न्यू स्टार र सिरिजंघा, फागुन ३० गते देविगन्ज र द रियल ब्रदर्श बीच खेल हुनेछन् ।

यसैगरी चैत्र २ गते पहिलो सेमिफाइनल खेल ग्रुप ‘ए’ को विजेता र ग्रुप ‘बी’ को रनरअप बीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनल खेल चैत्र ३ गते ग्रुप ‘बी’ को विजेता र ग्रुप ‘ए’ को रनरअप बीच खेल हुनेछन् । यस्ते लिगको फाइनल खेल चैत्र ५ गते शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै अन्य विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । खेल सुरु भएपछि आयोजकले ८ वटै क्लबलाई तयारीका लागि नगद रु. ३५ हजारका दरले रकम प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: