चिसोबाट जोगाउन वडा कार्यालयले बाँड्यो सिरक

चिसोबाट जोगाउन वडा कार्यालयले बाँड्यो सिरक

उदयपुर / बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका– १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।

त्रियुगा नगरपालिका–१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक÷एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हो ।

वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयोग गरिएको बताए । उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।

सम्बन्धित खवर