बालन र सङ्गीनी प्रस्तुत

बालन र सङ्गीनी प्रस्तुत

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ३ मा आज लोपोन्मुख बालन र सङ्गीनी प्रस्तुत भएको छ ।

स्थानीय पाथीभरा बालन समूहको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नेपालीलाई चिनाउने यस्ता प्रकारका सस्कृति जोगाउन अब युवा पुस्ता लागू पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा, पाथीभरा बालन समूहले बालन र जागरुक महिला हरिकिर्तन समूहले सङ्गीनी प्रस्तूत गरेका थिए । भूवनेश्वर पोखरेलको अध्यक्षताको कार्यक्रममा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, ३ नम्बर वडा सदस्य देवीप्रसाद घिमिरे, ज्येष्ठ नागरिक एकता समन्वय समिति नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहित अतिथी रहनु भएको थियो ।

सम्बन्धित खवर