पथरीशनिश्चरे ५ का कृषकलाई १७३ वटा स्प्रे ट्याङ्की वितरण

पथरीशनिश्चरे ५ का कृषकलाई १७३ वटा स्प्रे ट्याङ्की वितरण

पथरी, मोरङको पथरीशनिश्चरे ५ का कृषकहरुलाई १७३ वटा स्प्रे ट्याङ्की वितरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले अघिल्लो आर्थिक वर्षमा नै बिनियोजन गरेको ५ लाख रुपैँयाबाट किटनाषक बिषादी छर्कने स्प्रो ट्याङ्की वितरण गरेको हो । अघिल्लो आर्थिक वर्षमा वितरण गर्ने भनिएता पनि प्राविधिक कारणले ट्याङ्की खरिद गर्न नसके पछि अहिले वितरण गरेको अध्यक्ष जोग बहादुर धिमालले जानकारी दिए ।

वडामा १४ सय वढि घरधुरी रहेकाले आगामी दिनमा पनि निरन्तर ट्याङ्की वितरणको कार्यक्रम अगाडी बढाउने धिमालले जानकारी दिए । यस अर्थिक वर्षमा पनि २ लाख रुपैँया हाराहारीको ट्याङ्की वितरण गर्ने योजना रहेको धिमालले बताए । वडाका कृषकहरुका लागि सतप्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण गरिएको हो ।

सम्बन्धित खवर