समाजले बरखी बार्ने मान्छे हुन तिलक राई : मुख्य मन्त्री राई

समाजले बरखी बार्ने मान्छे हुन तिलक राई : मुख्य मन्त्री राई

पथरी, प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले तिलक राईको मृत्युमा समाजले बरखी बार्नुपर्ने काम गरेको बताए । तिलक बान्तावा राई स्मृति ग्रन्थको लोकापर्ण गर्दै राईले यस्तो बताएका हुन् ।

मोरङको पथरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले पथरीको विकासका लागि तिलकको नाम अग्रणी स्थानमा रहेको चर्चा गरे । समाजमा केही नगर्नेले पनि आफ्नो नामको चर्चाका लागि बाँस र भित्ताहरुमा नाम लेखेर समेत चार्चा कमाउन खोज्छ तर समाजमा यस्ता थुप्रै काम गर्नेहरुका लागि समाजले नै खोजेर लेख्नुपर्ने मुख्यमन्त्री राईले बताए ।

सोही कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक सुयर्मा राई, संविधान सभा सदस्य चण्डी प्रसाद राई, डा. देउमान सम्बाहाम्फे, डा. मोहन कुमार तुम्बाहाङ, बामपन्थी राजनीतिज्ञ महेश रेग्मी लगायतले स्वर्गीय राईका बारेमा चर्चा गरे ।

पथरीका पुराना संघसंस्था देखि हेरक जसो व्यावसायमा तिलक राईको नाम जोडिएर आउछ । पथरीको पुरानो सहकारी मनकामनाको स्थापना देखि सिनभिलेज कम्पनी हुदै जीवनको उतरार्धमा जुत्ता कारखाना खोल्ने तयारीसम्म तिलकको नाम जोडिन्छ । फाहोर र दुर्गगन्धले भरिएको पथरीको विकास र सरसफाईमा अग्रणी भूमिका खेलेका राईले युवाहरुको रोजगारीका लागि समेत थुप्रै कामहरु गरेका थिए ।

तिलक राईको निधन गत मंसिर ९ गते कोरोना संक्रमणका कारण भएको थियो । निधन भएको १ वर्ष पुगेको अवसरमा परिवारले तिलक बान्तावा राई स्मृति प्रतिष्ठानको प्रस्ताव गर्दै स्मृति ग्रन्थ लोकार्पण गरेको हो ।

प्रस्तावित रुपमा तिलक वान्तवा राई स्मृति प्रतिष्ठान खडा भएपनि त्यसको विधान तयार गरी प्रतिष्ठानलाई दर्ता गर्दै पूर्णता दिन बाँकी रहेकाले हाल परिवारको खर्चमा धर्मपत्नी विष्णुकुमारी राई प्रकाशक रहेर ३ सय १६ पृष्ठको पुस्तक प्रकाशित भएको छ । पुस्तकमा राईका राजनीतिक, सामाजिक, सहकारी सहितका विविध क्षेत्रको योगदानका बारेमा १ सय २५ जनाको लेख रचना समावेश गरिएको छ ।

सम्बन्धित खवर