मोरङ क्षेत्र नं. २ ख मा देवेन्द्र बस्नेत बिजयी, प्रतिनिधिमा घिमिरेले ल्याए सर्वाधिक मत

मोरङ क्षेत्र नं. २ ख मा देवेन्द्र बस्नेत बिजयी, प्रतिनिधिमा घिमिरेले ल्याए सर्वाधिक मत

पथरी, नेपाली कांग्रेसको १४ औँ महाधिवेसन यतिबेला चलिरहेको छ । हिजो भएको मोरङ निर्वाचन क्षेत्र नं. २ ख को प्रदेश सभापतिमा देवेन्द्र बहादुर बस्नेत बिजयी भएका छन् ।

बस्नेतले १९१ मत सहित जित निश्चित गरेका हुन् । उनका प्रतिस्पर्धी इन्द्रमणि थापाले १६६ मत ल्याए । थापालाई २५ मतान्तरले पछि पार्दै बस्नेतले बिजय प्राप्त गरेका हुन् ।

उप सभापतिमा महेश थापा र गोपाल खड्का निर्वाचित भएका छन् । उपसभापतिमा दुई पदका लागि ३ जनाको उम्मेद्वारी परेको थियो । थापाले २३०, खड्काले १९९ मत ल्याएर निर्वाचित भए । अर्का उम्मेद्वार राजेन्द्र कुमार दासले १७३ मत ल्याएका थिए ।

यसअघि नै सह–सचिव पदमा मेघराज मुखिया माझी र हेमराज थापा सर्वसहमत चयन भएका छन् ।

यस्तै सचिवमा २ पदका लागि ४ जनाको उम्मेदुवारी परेको थियो । विनोद कुमार राजवंशी २३३ र सुवास सिग्देलले १४६ मत सहित बिजयी भए भने अरु २ जना उम्मेद्वार पूर्ण प्रसाद पाठकले १४० र फणिन्द्र निरौलाले ९३ मत ल्याए ।

यता प्रदेश महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष खुल्ला तर्फ भएको मतदानमा अर्जुन घिमिरे सर्वाधिक मत सहित बिजयी भए । जम्मा ७ जना प्रतिनिधिका लागि भएको निर्वाचनमा घिमिरे सहित चन्द्र प्रसाद राजवंशी १९८, जय बहादुर तामाङ १८८, घनश्याम पनेरु १६४, बद्रिकुमार निरौला १५७, बुद्धिमान राजवंशी १५४ र डगेन्द्र प्रसाद घिमिरे १४६ मत सहित निर्वाचित भए ।

समावेसी मधेसी तर्फ करमचन्द्र दास २०८ मत ल्याएर बिजयी भए । दसका प्रतिस्पर्धी जयराम झाले ६८ मत पाए । यसअधि नै प्रदेश महिला समावेशी तर्फ तारा कार्की, मीरा खड्का, सीता सुवेदी, खस आर्यमा श्रीमान थापा, आदिवासी जनजाती महिलामा इन्द्र कुमारी राजवंशी, आदीवासी जनजाती पुरुषमा राम बहादुर मगर, दलितमा बलराम राम र मुस्लिम तर्फ बदरदिन मिया सर्वसहमत चयन भएका छन् ।

सम्बन्धित खवर