४५ वर्षदेखि ४९ वर्षसम्मका नगरवासीका लागि कोरोना बिरुद्धको पहिलो मात्रा लगाइँदै

४५ वर्षदेखि ४९ वर्षसम्मका नगरवासीका लागि कोरोना बिरुद्धको पहिलो मात्रा लगाइँदै

पथरी, मोरङको पथरी शनिश्चरे नगरका ४५ वर्षदेखि ४९ वर्षसम्मका नगरवासीका लागि आजबाट कोरोना भाइरस विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।

आज वडा नम्बर १, ४, ७ र ८ को आधारभूत स्वास्थ्य केन्द्र, र ५ को हसन्दह स्वास्थ्य चौकीमा ती वडाका नागरिकका लागि खोप लगाइएको छ । ४५ वर्षदेखि ४९ वर्षसम्मका साथै यसअघि खोप लगाउन छुटेका र १८ वर्षमाथिका परीक्षार्थीका लागि खोप लगाउने कार्यक्रम हो ।

भोली वडा नम्बर २, ३, ६, ९ र १० मा वडाका स्वास्थ्य केन्द्रबाट खोप लगाइने छ । पर्सी १२ गते ५ र ६ नम्बरका छुटका लागि हसन्दह स्वास्थ्य चौकीमा, ४, ८, ९ र १० का छुटका लागि शनिश्चरे स्वास्थ्य चौकीमा तथा १, २, ३ र ७ का छुटका लागि नगर अस्पतालमा खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित खवर