राष्ट्रिय आविस्कार केन्द्रले दियो ३ थान अक्सिजन कन्सन्ट्रेटर

राष्ट्रिय आविस्कार केन्द्रले दियो ३ थान अक्सिजन कन्सन्ट्रेटर

पथरी, राष्ट्रिय आविस्कार केन्द्रले पथरी शन्श्चिरे नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

नगर अस्पतालमा कोरोना भाइरस संक्रमितका साथै अन्य विरामीको उपचारका लागि राष्ट्रिय आविस्कार केन्द्रले ३ थान अक्सिजन कन्सन्ट्रेटर तथा २० थान पीपीई उपलब्ध गराएको थियो । केन्द्रका अगुवा डा. महावीर पुनले आविस्कार केन्द्रमा पुग्नु भएका नगर प्रमुख दिलीपकुमार राई सहितको टोलीलाई सामग्री प्रदान गर्नुभएको थियो ।

कन्सन्ट्रेटरका लागि आवश्यक र प्रदान हुन बाँकी रहेको ह्यूमिडी फायर सहितका आवश्यक सामग्री आज नगरपालिका कार्यालयमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई हस्तान्तरण गरिएको छ ।

पथरी शनिश्चरे १ घर भई आविस्कार केन्द्रमा यसअघि कार्यरत सत्यम राई र इटहरी ४ सुनसरीका मदन भट्टराईले ती सामग्री हस्तान्तरण गर्नुभएको छ । सत्यम राईको पहलमा आविस्कार केन्द्रबाट ती सामग्री उपलब्ध भएको थियो ।

सम्बन्धित खवर