कोरोना महामारी नियन्त्रण गर्न स्थानिय सरकारले गरेका प्रयासहरु

कोरोना महामारी नियन्त्रण गर्न स्थानिय सरकारले गरेका प्रयासहरु

कुमार खड्का ।
नेपालमा दोस्रो चरणमा आएको नयाँ भेरियन्ट सहित कोरोनो भाइरस रोकथाम तथा नियन्त्रणका लागि मोरङका स्थानीय तहहरु सक्रिय भएर लागि परेका छन्
नागरिकको आगनको सरकार भनेर चिनिने स्थानिय तह सरकार मात्रै नभएर स्थानियको अभिभावकका रुपमा स्थापित भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरबाट नगरवासीलाई बचाउन मोरङमा रहेका स्थानीय तहहरु आ-आफ्नो पालिकामा रहेका संक्रमितको उपचार, कोेरोना भाइरसको रोकथाम तथा नियन्त्रणका अहोरात्र खटिएका छन् ।
त्यसमध्ये पनि मोरङको विराटनगर पछि दोस्रो ठूलो शहरका रुपमा रहेको उर्लाबारी नरपालिका र पथरी शनिश्चरे नगरपालिका दोस्रो लहरमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अहोरात्र खटिएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि उर्लाबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा संक्रमितको उपचारका लागि उर्लाबारी-८ स्थित राजघाट स्वास्थ्य चौकीमा २ जना विशेषयज्ञ चिकित्सक सहितको ११ शैय्याको आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ ।
जहा नगरपालिकाले करारमा दुई जना मेडिकल अधिकृत चिकित्सक नियुक्त गरेर अन्य स्वास्थ्यकर्मीहरुको व्यावस्थान गरी कोभिड संक्रमितहरुको निशुल्क उपचार गर्दै आएको छ ।
यस्तै उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा १२ शय्याको अर्को आइसोलेसन सेन्टर र उर्लाबारीमै रहेको गोदावरी हस्पीटलमा निजी स्तरमा संचलनमा रहेको अर्को १० शय्या गरी उर्लाबारी नगरपालिकामा कुल ३३ शय्याको कोभिड उपचार केन्द्र बाट विरामीहरुले सेवा लिइरहेका छन् ।
यस्तै कोरोना कहरका कारण जारी लकडाउनको चपेटामा परेका दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने समुह र बृद्धबृद्धाहरुलाई घरघरमै गएर औषधी उपचार र खाध्यान्न सहित पौष्टिक आहरको समेत व्यावस्था गर्दै आएको छ ।
नगरपालिकाले हाल सम्म कोरोना संक्रमित भएर रोजगारी गुमाई घरमै थुनिएका ४७ घर परिवारलाई मेयर फागोको सक्रियतामा खाध्यान्न तथा पौष्टिक आहारको व्यावस्थापन गरेको छ । भने १९० भन्दा वढी सक्रिय संक्रमितको घरमा नगरपालिकाले सेनिटाइज पनि गरेको छ ।
पहिलो लहरमा भन्दा दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणको जोखिम उर्लाबारीमा उच्च देखिएको छ । जसमा एन्टीजेन परिक्षण बाट पुरुष २ सय ८१ , महिला २ सय ६८ र पिसीआर परिक्षणबाट ६८ पुरुष र ६० महिला गरी कुल ६ सय ६७ को परिक्षण गर्दा २ सय २३ महिला र २ सय २४ पुरुष गरी ४ सय ४७ जनामा जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण उर्लाबारीमा १० महिला र २० पुरुष गरी ३० जनाको र्मत्यु भएको छ भने १ सय ८० महिला र १ सय ८४ पुरुष गरी ३६४ जना कोरोना मुक्त भएका छन् भने २२ जना अहिले पनि उपचाररत रहेको उर्लाबारी नगर स्वास्थ्य संयोजक सुरेश खड्काले बताउनु भयो ।
यस्तै नगरपालिका हालै मात्र नगरभित्रका ६२ देखि ६४ वर्षका ८८५ जना ज्येष्ठहरुलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ ।
पहिलो लहरमा उर्लाबारीमा संक्रमणले खासै प्रभाव नपरे पनि महामारीको रुपमा फैलिएको दोस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणमा प्रदेश, संघीय सरकारसँग समन्वय र नीजि क्षेत्रसँग सहकार्य संक्रमण रोक्न र नगरबासीको ज्यान जोगाउन सम्वधित सरोकारवाला पक्षसग समन्वय गर्ने देखी लिएर फिल्डमा समेत खट्दै आउनु भएको छ उर्लाबारीका मेयर खड्ग बहादुर फागो
मेयर फागो आइसोलेसन निर्माण देखी लिएर कोरोना संक्रमणका कारण मृत्यु भएका संक्रमितको शव व्यावस्थापन सम्म आफै जुट्दै आउनु भएको छ ।
नगरपालिकाले कोभिड—१९ को पहिचान भएपछि गाह्रो हुने विरामीको उपचारका लागि राजघाट स्वास्थ्य चौकीमा रहेको अक्सिजन सहितको आइसोलेशन सेन्टरमा भर्ना गराएर उपचार गराउदै आएको छ ।
जटिल अवस्थाका विरामीको उपचारका लागि विराटनगर र अन्य ठूला हस्पिटहरुमा रेफर गर्ने व्यावस्था पनि मिलाएको छ जसका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव समाधि स्थल सम्म पुर्‍याउन निशुल्क शव वहानको व्यावस्था पनि नगरपालिकाले गरेको छ ।
यस्तै नगरपालिकाले होम आइसोलेशनमा रहेका संक्रमितहरूलाई स्वास्थ्य परामर्श दिने व्यावस्था पनि गरेको छ । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्रयाक्ट टे्रसिङ्ग गरी एन्टिजेन परीक्षण र पिसीआर परिक्षणलाई पनि निरन्तरता दिदै आएको छ ।
यस्तै कोरोना करहका कारण जारी लकडाउने मर्कामा परेका नियमित औषधी सेवन गर्दै आएका अशक्त र ज्येष्ठ नागरिकहरूलाई आवश्यक पर्ने औषधी र कोरोना संक्रमण भै होमआइसोलेसनमा बसेका नगरीकहरुलाई स्वास्थ्यकर्मीको टोलीले परामर्श सहित औषधि घरमा नै पुर्‍याइदिने व्यावस्था पनि नगरपालिकाले गरेको छ ।
स्थानिय सरकारले कोरोना रोकथाम तथा विरामीहरुको स्वास्थ्य उपचारका लागि चिकित्सक र स्वास्थ्य कर्मीहरुको अभाव पनि खेपिरहेको भएता पनि उर्लाबारी नगरपालिकाले आन्तरिक स्रोतबाट विज्ञापन गरेर मेडिकल अफिसरहरु र स्टाफ नर्सहरूको व्यावस्था गरेर स्वास्थ्य उपचार गराउदै आएको उर्लाबारी नगरपालिकाका मेयर फागो बताउनु हुन्छ ।
महामारीको यो बेलामा कोरोनाको रोकथाम र विरामीको उपचारमा स्थानिय सरकारको लगावलाई मध्यनजर गर्दै यसमा प्रदेश र संघीय सरकारले ध्यानपूर्वक स्थानिय तहलाई सहयोग गर्न आवश्यक देखिन्छ ।
यति मात्रै हैन स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्यको क्षेत्रमा भौतिक र सेवामुलक परिवर्तन पनि भएको छ । जसअन्र्ततग नगरपालिकाले नगरभित्रका आर्थिक अवस्था नाजुक भएका विपन्न परिवारको सदस्यको निःशुल्क जीवन विमा गरिदिने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, ७ वटा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गर्ने जस्ता महत्वपुणर् कार्यको थालनी नगरपालिकाले गरेको छ ।
यस्तै उर्लाबारीमा थप १५ शैय्याको अस्पताल निर्माणका लागि आगामी नीति तथा कार्यक्रममा योजना बनाएर बजेट पनि विनियोजन गर्ने तयारी समेत नगरपालिकाले गरेको छ ।
यस्तै मोरङकै अर्को ठुलो शहर पथरीशनिश्चरे नगरपालिकाले पनि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कोभिड-१९ संक्रमितको उपचारको लागि नगरपालिकाले पथरीशनिश्चरे २ मा रहेको नगर अस्पतालमा १५ शैय्याको आइसोलेसन बनाएको छ । नगरले संचालनमा ल्याएको आइसोलसनमा प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीको निगरानीमा संक्रमितको उपचार हुदै आएको छ ।
नगर अस्पतालमा सञ्चालित आइसोलेसनका लागि हालसम्म अत्याधुनिक ३ र अन्य २६ गरी २९ वटा अक्सिजन सिलिण्डर जडान गरीएको छ । थप उपचार गर्नुपर्ने विरामीलाई झापा, मोरङ र सुनसरीको ठूला अस्पताल पठाउने गरेको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले बताउनु भयो ।
करिव दुई हप्ता अघि देखि नगरपालिकाले आइसोलेसन संचालनमा ल्याएको हो हाल सम्म आईसोलेसनबाट २० जनाले सेवा लिइसकेका छन् भने ३ जना उपचाररत रहेका छन् ।
पथरी शनिश्चरेमा दोस्रो लहरको संक्रमणका कारण हाल सम्म १ सय ६८ पुरुष, १ सय ५५ पहिला गरी ३ सय २३ जना संक्रमित भएका छन् जसमध्ये १४ जनाको मृत्यु भैसकेको छ भने उपचार पश्चात १ सय १७ जना निको भएर घर फर्किएका छन् ।
यस्तै हाल सम्म नगरपालिकाले ७ सय २६ जनाको पिसीआर परिक्षण र ६० जनाको एन्टीजेन परिक्षण गरेको नगर स्वास्थ्य सयोजक मुरारी आर्चायले बताउनु भयो ।
पछिल्लो समय पथरी शनिश्चरेमा कोभिडको संक्रमण दर घट्दो क्रममा रहेको र नगरपालिकाले थप आइसोलेसनको ब्यावस्था गर्नू पर्ने आबश्यत्ता नरहेको आर्चायले बताउनु भयो ।
सुरूवाती चरणभन्दा अहिले कोभिड-१९ संक्रमण घटदो क्रममा छ । निको हुने संक्रमितको संख्या पनि बढदै गएको र जोखीम पनि कम हुदै गएको नगरपालिकाले जनाएको छ ।
संक्रमित थप उपचारको लागि ठूलो अस्पतालमा पुर्‍याउनुपर्ने अवस्थमा आएमा त्यस्ता विरामीको लागि नगरपालिकाद्धारा संचालित तीन वटा एम्बुलेन्स छन् । यो एम्बुलेन्सले विरामीलाई निःशुल्क रुपमा हस्पिटलसम्म पुर्‍याउने गर्दछन् ।
यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएका नगारवासीहरुको शव व्यावस्थापनका लागि नगरपालिकाले निशुल्क शव वहानको व्यावस्था पनि गरेको छ ।
यस्तै नगरपालिका हालै मात्र नगरभित्रका ६२ देखि ६४ वर्षका ज्येष्ठहरुमा ९७७ जनालाई कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ ।
यस्तै नगरपालिको संक्रमितहरुको उपचारका लागि अस्पतालमा २ जना एमबीबीएस डाक्टरसहितका स्वास्थ्यकर्मी लाई करारमा नियुक्त गरेर व्यवस्थापन गरेको छ ।
एक निश्चीत समयअवधिका लागी कारारमा स्वास्थ्यकर्मी नियुक्ती गरेर काम गर्दा ठुलो धनराशी खर्च हुने गरेको नगर प्रमुख दिलिप कुमार राईले बताउनु भयो ।
आन्तरीक स्रोतको व्यावस्थापनबाट स्वास्थ्यकर्मीको सेवा सुविधा व्यावस्थापन गर्न सकस भएता पनि प्रदेश र संघिय सरकारले स्थानियतहको मर्मलाई बुझ्न नसकेको बताउदै मेयर राईले भन्नुभयो-“हामीले उहाँहरूलाई करारमा नियुक्त गरिएका छौ जुन एउटा अवधिभरको लागि काम गर्नुहुन्छ आवश्यकता अनुसार थप गर्नु पर्ने भयो भने पनि हामी गर्दैै लैजाने छौ ।”
यस्तै नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण र होम आइसोलेसनमा रहेका संक्रमितको रेखदेखका लागि स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रही ३० जना महिला स्वास्थ्य स्वयंसेविका पनि पनि परिचालन गरेको छ ।
स्थानिय तहमा जनप्रतिनिधि आएपछि नगरको स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको छ जस अखन्र्तगत पालिकाको १० वटै आधारभूत स्वास्थ्य उपचार सेवा पुग्ने क्रममा भवनहरु बन्दै छन् ।
भने ९ नम्वरको शनिश्चरेमा स्वास्थ्य चौकी, ५ नम्वरको हसन्दहमा स्वास्थ्य चौकी, १ नम्बरको पथरी र ३ नम्बरको किराँती चोकमा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
१० नम्वरको ऐयावारीका साथै अन्य वडामा गरी ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक संचालन गर्दै आएको छ ।
मोरङका यि २ पालिकाले नागरीकको जिवन रक्षा र कोरोना दोस्रो लहरको संक्रमण बाट बचाउन पालिकाको स्रोत र साधनले भ्याएसम्म प्रयास गर्दै आएका छन् ।
पालिकाहरुले कोरोना बाट बच्न र बचाउन रेडियो, टिभी, स्थानिय पत्रपत्रिका लगाएत सामाजिक संजाल, वडाका प्रतिनिधि र विभिन्न सरकारी तथा गैह्रसरकारी सस्थाको सहयोगमा जनचेतना फैलाउने कार्य पनि गर्दै आएका छन् ।
तर पनि कोरोना संक्रमणको दर भने उल्लेख्यरुपमा घट्न सकेको छैन । यति बेला शहरमा भन्दा गाँउमा बढि संक्रमितहरु देखिने गरेका छन् शहरमा लकडाउनको प्रभावले कोरोनाको चेन ब्रेक भएको छ ।
गाँउघरमा कोरोना सग मिल्दोजुल्दो लक्षण देखिए पनि परिक्षण नगराउने परिपाटिका कारण जोखीम बढ्दो रहेको छ । तसर्थ अवका दिनमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले गाँउ केन्द्रित योजना ल्याएर कोरोना परिक्षणको दरलाई बडाउनु पर्ने आवश्यक देखिन्छ ।

सम्बन्धित खवर