बोयर खरिदको विषयमा बेलबारीले ठेक्का रकम सम्झौता खारिज गर्ने निर्णय ग¥यो

बोयर खरिदको विषयमा बेलबारीले ठेक्का रकम सम्झौता खारिज गर्ने निर्णय ग¥यो

बेलबारी, मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ आँै नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रा.लि संखुवासभा बिच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

ग्रो अर्गानिक कृषि .प्रा.लिले ठेक्का बापत जम्मा गरेको जमानत रमक जफत गरी प्रा.लिलाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबत्ता योगेन्द्र सुबेदीले जानकारी दिनुभयो ।

सुबेदीका अनुसार नगर कार्यापालिका सदसस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलको रुपमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनतासमाजबादी पाटीका प्रतिनिधि रहेका छन् । ग्रो अर्गानिक कृषि प्रा.लि सखुवासभालाई ठेक्का बापत हाल सम्म कुनै प्रकारको रकम भुत्तानी नगरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर