नेपाल-भारत सीमामा तारबार लगाऔ: सांसद तारा लामा

नेपाल-भारत सीमामा तारबार लगाऔ: सांसद तारा लामा

काठमाडौं: सुदूरपश्चिम प्रदेश सभा सांसद तारा लामा तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउन माग गर्नुभएको छ ।प्रदेश प्रमुख गंगा प्रसाद यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले सांसद तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने माग गर्नुभएको हो ।

भारतबाट नेपाली भूभाग अतिक्रमण भइरहने समस्यालाई समाधान गर्न पनि तारबार आवश्यक रहेको उहाँले बताउनुभयो । छलफलमा बोल्दै उहाँले भन्नुभयो,‘ ‘भारतले बढि जसो भूभाग अतिक्रमण गर्ने, गर्न खोज्ने तथा विकास निर्माणमा अवरोध गर्ने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म कहिँ पनि सीमा व्यवस्थित छैन् । ठूलो बजेट लगाएर ठूलो संरचना बनाउन नसके पनि केन्द्र सरकारसँग समन्वय गरेर भारतसँग तारबार चाही लगाउनु पर्छ।’

सम्बन्धित खवर