डेनमार्कले खेल हारे पनि खेलाडी बचायो

डेनमार्कले खेल हारे पनि खेलाडी बचायो

डेनमार्क युरोकप फुटबलको पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा डेनमार्क फिनल्याण्डसँग १ –० गोल अन्तरले पराजित भएको हो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडेपछि झण्डै डेढ घण्टा खेल रोकिएको थियो ।

उनको होस आएपछि खेल फेरि सुरु गरिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल फेरि त्यहीदेखि सुरु गरिएको थियो । खेलको ५९ औं मिनेटमा फिनल्याण्डका जोल पोहान्पालोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै फिनल्याण्डले समूहमा ३ अङ्क जोडेको छ । खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी पाए पनि गोल गर्न चुक्यो ।

डेनमार्कले गएरातिको खेलमा जित गुमाए पनि आफ्नो खेलाडीलाई भने बचाएको छ । मैदानमा बेहोस भएर लडेका एरिक्सनको अस्पतालमा उपचार भइरहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ ।

सम्बन्धित खवर