भरत मोहन फाउन्डेसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

भरत मोहन फाउन्डेसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बेलबारी, पुर्व उपप्रधान तथा अर्थमन्त्री भरत मोहन अधिकारीका नाममा स्थापना भएको भरत मोहन फाउन्डेसले मोरङको बेलबारी नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

भरतमोहन फाउन्डेसनका सचिव महेश आचार्यले बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । कोभिड १९ बाट संक्रमित स्थानियको स्वास्थ उपचारको लागि अवश्यक स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले नगरपालिकालाई उपलब्ध गराएको हो ।

फाउन्डेसनले पिपि सेट, अक्सी मिटर, बुट, मास्क, सेनिटाइजर, सोडियम हाइपो क्लोराइड लगायतका सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । सामाग्री बुझदै नगर प्रमुख सुवेदीले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका छन् । फाउन्डेसनले यसअघी नै पथरी शनिश्चरे नगरपालिका, सुन्दर हरैँचा नगरपालिका, केरावारी गाउँपालिका, मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका लगयतलाई स्वास्थ्य सामाग्री वितरण गरीसकेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरणमा फाउन्डेसनका सचिव महेश आचार्य सदस्य शुभाष आचार्य र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका सदस्य महेन्द्र आचार्यको सहभागिता रहेको थियो । फाउन्डेसनले उर्लावारी लेटाङ लगायतका पालिकालाई आजै सामाग्री हस्तान्तरण गरेको हो ।

 

सम्बन्धित खवर