राजेन्द्र महतोको अभिव्यक्तिप्रति पूर्वमन्त्री गोकर्ण विष्टको आपत्ति

राजेन्द्र महतोको अभिव्यक्तिप्रति पूर्वमन्त्री गोकर्ण विष्टको आपत्ति

२२ जेठ, काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । महतोले नेपाल टुक्राउने अभिव्यक्ति दिइरहेकोमा पूर्वमन्त्री विष्टले आपत्ति जनाउनुभएको हो ।

उहाँले भन्नुभएको छ ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले “बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने” भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

सम्बन्धित खवर