प्रदेश १ मा २४ घण्टामा १७ को मृत्यु, ७०१ जना संक्रमित थपिए

प्रदेश १ मा २४ घण्टामा १७ को मृत्यु, ७०१ जना संक्रमित थपिए

मोरङ, प्रदेश १ मा २४ घण्टायता कोरोना संक्रमणका कारण ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी मोरङमा कोरोना संक्रमणका कारण मृत्यु भएका हो । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार मोरङमा ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ । यस्तै झापामा २, सुनसरीमा ३, भोजपुरमा १, उदयपुरमा १ र अन्य १ गरी १७ जनाको मृत्यु भएको हो ।

तथ्यांक अनुसार विपी प्रतिष्ठान धरामा ३, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर मोरङमा ७, नोबेल मेडिकल कलेजमा २, विराट मेडिकल कलेजमा ३ र अन्यमा २ को मृत्यु भएको हो । प्रदेशमा हालसम्म २४९ महिला र ६०९ जना पुरुष गरी ८५८ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७०१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ ।

सम्बन्धित खवर