कालिका कन्ट्रक्सनले रंगेली अस्पताललाई २० थान अक्सीजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्रदान

कालिका कन्ट्रक्सनले रंगेली अस्पताललाई २० थान अक्सीजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्रदान

रंगेली, कोरोनाको महामारी बिच निमार्ण कम्पनी कालिका कन्ट्रक्सन प्रालिले रंगेली अस्पताललाई आज २० थान अक्सीजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

निर्माण कम्पनी कालिकाले सामाजिक उत्तरदायित्व देखाउदै रंगेली अस्पताललाई अक्सीजन सिलिण्डर सहित फलो मिटर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको हो । रंगेली नगरपालिकाले रंगेली अस्पतालको सहकार्यमा पछिल्लो समय २० शैयाको कोभिड १९ हस्पीटल सञ्चालन गर्दै आएको अवस्थामा कालिकाले विरामीहरुको उपचारमा समस्या नहोस भनी प्रतिनिधी मार्फत अक्सीजन सिलिण्डर उपल्वध गराएका हो ।

रंगेली नगरपालिका मेयर दिलिप वगडीयालाई आज कालिका कन्ट्रक्सनका प्रतिनिधिले सो सामाग्री हस्तान्तरण गरेका थिए । कालिका कन्ट्रक्सनका क्षेत्रिय प्रमुख उज्वल प्रसाईले अहिलेको विपद अवस्थामा सबैले आ आफनो स्थान बाट सहयोग गर्नुपर्ने अवस्था रहेकाले सामाजिक उत्तरदायित्व सहित अक्सीजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिए ।

सम्बन्धित खवर