रबिन्द्र बराल, रंगेली
नेपालबाट डिजेल तस्करी गरेर भारत लैजादैँ गर्दा रतु्वामाइबाट पक्राउ परेको छ । लकडाउनको समयमा ४ हजार ६ सय लिटर डिजेल तस्करी गरेर भारत पु¥याउनै लाग्दा मोरङको रतुवमाई ४ पैयाँमारी झुक्रियाबाट पक्राउ परेको हो ।
बन्दाबन्दीको समयमा पनि यति ठुलो मात्रामा डिजेल तस्करी गरेर लानुले सिमामा प्रहरीसंगको सेटिङ रहेको स्पष्ट बुझिन्छ । सो क्षेत्रमा खटिएको शसस्त्र प्रहरी बलको (बिओपी) ले डिजेल सहितको ट्रक नियन्त्रणमा लिएपछि तस्करीको धन्दा पर्दाफास भएको हो । शनिबार बिहान नेपालबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको मे १ ख १५०९ नम्बरको टुटन ट्रक चेक जाँच गर्ने क्रममा ट्रकम २ सय लिटर अट्ने ड्रम्ममा २२ ड्रम डिजल र एक ड्रम पेट्रोल सहित ससस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उक्त ट्रकमा इटहरा तथा उर्लाबारीका पेट्रोल पंपबाट डिजल ल्याएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । भारतमा नेपाल भन्दा महंगो रुपैयामा डिजेल बिक्रि हुनेगरेको छ । भारतीय रुपैँया ९० रुपैयाँ अर्थात प्रतिलिटर नेपाली रुपैयाँ १ सय ४४ रुपैयाँमा डिजल बिक्रीवितरण हुने गरेको छ । नेपालमा भने प्रतिलिटर १ सय २ रुपैयाँ प्रतिलिटर खरिद गरेर अबैध रुपमा भारत लगि सोहि डिजल प्रतिलिटर ४० रुपैयाँ सम्म फाईदा हुने गरेको हुनाले तस्करी गरेर भारत तर्फ लैजाने गरेको व्यापारीहरु बताउँछन् ।
बरामद गरिएको डिजल आमबारी चोक र कपर्सुकामा धानको काँटा सञ्चालन गर्दै आएका चिरन्जिवि खतिवडाको रहेको प्रहरीले जनाएको छ । बरडङ्गा बिओपीका प्रहरी निरिक्षक सुक बहादुर तामाङका अनुसार बरामद गरिएको सामान बिराटनगर स्थित ससस्त्र प्रहरीको गणमा लगिएको छ । बरामद गरिएको सामन आन्दाजी मुल्य डिजल र गाडि सहित ९ लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ ।