ट्याक्टर दुर्घटना १ जनाको, मृत्यु २ जना घाईते

ट्याक्टर दुर्घटना १ जनाको, मृत्यु २ जना घाईते

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी ४ का २५ वर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्याक्टरका चालक र सहचालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर