किरण न्यौपाने, रंगेली
मोरङको रंगेली नगरपालिका ३ रंजनीमा एक महिलाको घाटी रेटेर हत्या भएको छ । मृतक रंगेली नगरपालिका ३ बस्ने २४ वर्षीय अनिता यादव रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काका अनुसार महिलालाई घाटीमा धारिलो हतियार प्रयोग गरि हत्या भएको जानकारी दिए । स्थानिय चिलुवा चोक उत्तर नहरमा स्थानियबासीले आज विहान घाटी रेटेर हत्या गरि शव फालेको अवस्थामा देखेपछी प्रहरीलाई खवर गरेका थिए । प्रहरी निरिक्षक खड्काले–आफुहरुले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका बताउदै, घटना स्थलबाट केही प्रमाण समेत संकलन गरेको बताए ।
यता मृतका आफन्तहरुले घरकै सदस्यबाट घटना भएको आरोप लगाएका छन् । घटना पश्चात प्रहरीले मृतकका पति २५ वर्षीय बेचन यादव, ससुरा ६५ वर्षीय रमानन्द यादव, सासु वर्ष ५० की विजुली देवी यादव र देवर १९ वर्षका विनोद यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृतकको आफन्तले अनिता माथि विवाह भएको ६ महिना नपुग्दै घरेलु हिंसा र यातना दिने गरेको र सासु र देवरका कारण घरमा विवाद हुदा बेला बेला अनिता लामो समय माईतीघर बस्नु परेको थियो ।
२ वर्ष अघि विवाह भएको अनिताको माईती कानेपोखरी गाउँपालिका ५ भौसाबारी बासवारीटोल रहेको बुझिएको छ । घटना प्रश्चात प्रहरीले घटनास्थल मुचुल्का गरी मृतकको शव माईती पक्षको रोहवरमा पोष्टमार्टमका लागि रंगेली अस्पतालमा राखेको छ ।