कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी रहदैनः मेयर रोहिणी यादब

कोरोना संक्रमितको उपचारका लागि कुनै कसर बाँकी रहदैनः मेयर रोहिणी यादब

राजेन्द्र महतो, लहान

सिरहाको कल्याणपुर नगरपालिकाकी कार्यवाहक प्रमुख रोहिणी कुमारी यादवले नगरका कोहीपनि जनतालाई उपचारमा कुनै कसर बाँकी नराख्ने बताएकी छिन् । नगरमा हाल आइसोलेसन सहित १५ वेडको अस्थाई अस्पताल तयारी अवस्थामा रहेको छ । कल्याणपुर नगरपालिका भित्रका जनसमुदायको उपचारका निम्ति सम्पूर्ण तयारी अव्यवस्था रहेको यादबले बताएकी छिन्।

मेयर यादबका अनुसार नगरभित्रमा कसैलाई कारोना नलागोस भनी संचार माध्यम लगायत गाउँ गाउँमा जनचेतना जगाउने अभियान पनि चलाउने गरेको बताएकि छिन् । कोरोना को दोश्रो लहर खतरनाक रहेको उल्लेख गर्दै आफ्नो सुरक्षा आफै गर्नुपर्ने समेत बताउदै यादवले भनिन् ज्यान जोगिए अनेक उपाय हुन्छ त्यसैले पूर्ण लकडाउनको पालन गर्नुपर्नेछ, हेलचकृयाईले ज्यान जानसक्ने भएकाले सबै नगरवासीले सतर्कता अपनाउनु जरुरी छ । अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन नगरबासिलाई अनुरोध गर्दछु ।

मेयर यादबले कोरोना लागेकोलाई अप्ठ्यारो महसुस भएका आफुलाई खबर गर्न अनुरोध गरिन् । यादवले भनिन् मलाई खबर गर्नु होस कसरि उपचार गराउनुपर्ने छ म गर्छु सकेसम्म बचाउने प्रयास समेत गर्छु त्यसैले अक्सिजन सहित अस्पताल र एम्बुलेन्स चैविसे घण्टा तयारिमा अवस्थामा रहेका छन् ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दास, कावा मेयर रोहिणी कुमारी यादब, स्वास्थ्य संयोजक तथा कल्याणपुर नगरपाल वडा नम्बर १० का वडा अध्यक्ष धनविर मण्डल लगायतले अस्पतालको निरिक्षण समेत गरेका छन् । कल्याणपुर नगरपालिकाको तर्फबाट बिरामीरलाई कुनै किसिमको असुविधा नहोस भनेर सम्पूर्ण तयारी अवस्था रहेको नगरपालिकाले जनाएको छ । अस्थाई कोभिड अस्पतालमा एमबिबिएस डाक्टर, स्टाफ नर्सहरूको व्यवस्थापन गरिएको छ । हाल उपचारका लागि केही संक्रमितहरु अस्पताल भर्ना समेत भएका छन् ।

सम्बन्धित खवर