अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

अरुण तेस्रोको सुरुङ भित्र ढुङगा (लुज) खस्दा कामदारको मृत्यु

संखुवासभा, संखुवासभाको चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा कामदारको मृत्यु भएको छ ।

आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा (लुज) खस्दा शुक्लाफाँट नगरपालिका १२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर