झापा, झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाईएको छ ।
गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो । उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माइल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरेको हो । उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ ।