सिरहा, सिरहा जिल्लाको मुख्य बजार मानिने गोलबजार स्थित ग्रीनल्याण्ड होटेल एण्ड लजबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारले गत बैशाख १ गते नै नियमित चेकजाँचको क्रममा चेकजाँज गर्न जाँदा ग्रीनल्याण्ड होटलका कर्मचारीले दुव्र्यवहार गरेपछि दुई जनालाई पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी ईन्चार्ज सन्तोष कुमार राईका अनुसार प्रहरीले आफ्नो डयुटि गरिरहँदा होटलका दुई कर्मचारीले प्रहरी उपर दुव्र्यवहार गरेपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
नयाँ बर्षकै राती करिब १२ बजे जिल्ला प्रहरी कार्यालय सिरहाको टोलि र गोलबजारको संयुक्त टोलीले छापा हानेको थियो । सो क्रममा होटलका स्टाफले प्रहरीसंग दुव्र्यवहार गरेको तथा डयुटि गर्नबाट रोक्न खोजेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
सोही क्रममा नाम नखोल्ने शर्तमा स्थानीय एक व्यावसायीले होटलभित्र अनैतिक कार्यहरु गर्दै आएको बेलामा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् । यता, इन्सपेक्टर राईले भने प्रहरी उपर दुव्र्यवहार गरेको कारण पक्राउ गरेको बताएका छन् ।
होटलभित्र यौन क्रियाकलाप चलाउँदै आएको स्थानीय व्यावसायीहरुले जनाएका छन् । होटलको नाममा भित्र लज पनि राखेर यस्ता कार्यहरु गर्दै आएको जानकारी गोप्य श्रोतबाट प्राप्त भएको छ । यस सन्दर्भमा होटल संचालक जिवछ साहले फोन सम्पर्कमा केही भन्न नसक्ने प्रतिक्रिया दिएका छन् ।