मोफसलमा उल्लासमय नव वर्ष, कोरोनाका कारण मेला भने लागेनन्

मोफसलमा उल्लासमय नव वर्ष, कोरोनाका कारण मेला भने लागेनन्

पथरी, कोरोनाको संक्रमण जोखिमका बीच आज नव वर्ष मोफसलमा उल्लासमय रुपमा मनाइएको छ । नववर्ष मनाउने प्रचलन रहेको नेपाली समाजलाई कोरोनाले असहज भने बनाएको छ ।

मोरङ पथरी शनिश्चरे–२ को सेल्फी रोड, मिक्लाजुङ मधुमल्लाको टिकटक रोडमा फोटो खिच्ने र रमाइलो गर्नेको घुइँचो नै लागेको थियो । यस्तै शान्ति भुल्केदेवी, मनकामनाको कटुसे कटेज, बेलबारीको बेतना सिमसार लगायतको स्थानमा युवा युवतीको बाक्लो उपस्थिति रहेको थियो । यसैगरी झापाको दोमुखा, जामुनखाडी, बाँसबारी सिमसार क्षेत्र सुखानी पार्क, सताक्षीधाम, इलामको कन्याम, सन्दकपुर, माइपोखरी, छिन्टापु, यस्तै नाम चलेका पर्यटीय स्थलहरु भेडेटार, चतरा पुल, बराहक्षेत्र, गोकुलम, कोशी टप्पु लगायतको स्थानहरुमा पनि नव वर्षको उल्लास एकआपसमा रमाइलो साटासाट गरी मनाइएको छ ।

यता कोरोनाको दोस्रो लहर सुरुभएको भन्दै मेला लगाउन प्रतिबन्द गरिएको छ । सरकारले २५ जनाभन्दा बढिको जमघट तथा भेलाहरु नगर्न भन्दै सूचना जारी गरेपछि पूर्वमा लाग्ने मेलाहरु भने सुनसान जतिकै बनेका छन् ।

मोरङको रतुवामाई ५ सुनवर्षीमा १० औँ हजार मानिसको भिडभाड सहित बैशाक १ गते लाग्ने सुनवर्षी मेला यो वर्ष पनि लागेन । अघिल्लो वर्षपनि कोरोना कहरका कारण मेलामा भिडभाड हुने भन्दै मेला लगाउन रोक लगाइयो । यो वर्ष समेत सुनवर्षी महाराज थान मन्दिर, पोखरी देवस्थल संरक्षण समितिले चैत २३ गते नै सूचना निकालेर मेला स्थगन ग¥यो ।

मेला लगाउन आधिकारिक रुपमा स्थगन गरिएपनि पुजा गर्नेको भिड भने बाक्लो लागेको सुनवर्षी महाराज थान मन्दिर, पोखरी देवस्थल संरक्षण समितिका अध्यक्ष अतन कुमार बुढाथोकीले जानकारी दिनुभयो । वार्षिक रुपमा लाग्दै आएको सुनवर्षी मेलाबाट २ देखि ३ लाखसम्म आम्दानी हुने गरेको थियो तर कोरोनाका कारण सबैकुरा ठप्पभएको बुढाथोकीले जानकारी दिनुभयो ।

पूवी मोरङमा लाग्ने काँटा, घुरघुरा, दलेली, ढङ्ढङे, धनपाल, सुगाँ, इटहरा, चमेरे, रामजानकी लगायतका दजनौँ मेलाहरु यसवर्ष पनि लगभग स्थगन हुने अवस्थामा पुगेका छन् ।

सम्बन्धित खवर